झापा : झापाको भद्रपुर ६ बस्ने २४ वर्षीय अर्पण श्रेष्ठको पानी सर्किएर मृत्यु भएको छ ।
आज बिहान साढे ७ बजे आफ्नै घरमा गिलासको पानी पिउने क्रममा एक्कासी पानी सर्किएर बेहोस भएकोमा उनको मेची अस्पताल भरद्रपुरमा उपचारको क्रममा पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















Discussion about this post