संखुवासभा : संखुवासभाको तुम्लिङटारमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ ।
जिल्लाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४७ वर्षीय लक्ष्मण कुमालको अपरिचित व्यक्तिहरुबाट धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार बुधबार साँझ उनको हत्या भएको हो ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले शंकास्पद दुई जनालाई पक्राउ गरेको । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।














Discussion about this post