इटहरी : इटहरी उपमहानगरपालिका वडा नम्वर १२ खनारमा कवर्डहल बन्ने भएको छ । वडा नम्वर १२ रिलायन्स स्पिनिङ्ग मिल्स उत्तर पट्टीको सार्वजनिक २ कठ्ठा जग्गामा कवर्डहल बन्ने भएको हो ।
इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले कवर्डहल शिलान्यास गरेपछि खेलप्रेमी तथा खेलाडीहरु उत्साहित भएका छन् ।
इटहरी उपमहानगरपालिकाको नगरस्तरीय योजना अन्र्तगत १० लाख र जनसहभागिताबाट कवर्डहल निर्माण सुरु गरिएको वडा सचिव प्रेम रिजालले जानकारी दिए ।
बहुउदेश्यीय भवनमा ब्याडमिन्टन टेवलटेनिस र भलिबल समेत खेल्न सकिनेछ ।
कवर्डहल बनेपछि खनार क्षेत्रका खेलाडीलाई खेलको अभ्यास गर्न तथा इन्डोर प्रतियोगिता आयोजना गर्न सहज हुने वडा नम्वर १२ का अध्यक्ष हेमानन्द दाहालले बताए ।












Discussion about this post