तरहरा : कर्तव्य ज्यान मुद्धामा फरार रहेका एक व्यक्तिलाई इटहरी २० तरहराबाट प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत चितवनको २०७७।१०।१२ गतेको फैसलाले १६ वर्ष ८ महिना कैद र ५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी बुढानीलकण्ठ ४ काठमाण्डौँका १९ वर्षीय पासीकोट गुरुङलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आइतबार इटहरी २० तरहराबाट पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए ।
उनका अनुसार कर्तव्य ज्यान मुद्धामा कैद तथा जरिवाना फैसला भएर फरार रहँदै आएका खोजतलास गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धीत जिल्ला अदालतमा बुझाइएको राईले जानकारी दिए ।
















Discussion about this post