इटहरी : एनएमबि बैंकले प्रदेश १ सरकारलाई स्वास्थ्यकर्मीका लागि पीपीई हस्तान्तरण गरेको छ ।
कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुका लागि विहीबार एक सय थान पीपीई हस्तान्तरण गरेको हो ।
एनएमबि बैंक प्रदेश १ का प्रमुख उत्सव घिमिरेले कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि गुणस्तरयुक्त पीपीई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको जानकारी दिए ।
कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित मानिसलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ समेत गरेको उनको भनाई रहेको थियो ।
सुनसरीका पत्रकार हिमाल राईको निधन, शव पोस्टमार्टमका लागि बीपी प्रतिष्ठान लगियो, छोरा युकेबाट आएपछि अन्त्यष्टि गरिने
इटहरी : सुनसरीका अग्रज पत्रकार हिमाल राईको निधन भएको छ । बराहक्षेत्र २ निवासी राईको आज (आइतबार) निधन भएको हो...
Discussion about this post