झापा : झापा अर्जुनधारा नगरपालिका ११ नयाँ बसपार्क स्थितबाट अटो टेम्पुबाट लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले मे १ ह ३४३१ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा अटो चालक बिर्तामोड ४ बस्ने २१ वर्षीय रुपेश साह र पछाडि सवार हल्दिबारी ३ का २१ वर्षीय विवेक बाँनियाको साथबाट लागूऔषध ब्राउन सुगर २ ग्राम ९० मिलिग्राम र नगद २० हजारसहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुईजनामाथि इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post