झापा : कोरोना बढेको भन्दै सिल गरिएको झापाको दमक नगरपालिका ८ मा रहेको पेरुङ्गो होटलमा तास खेलिरहेको अवस्थामा होटल संचालक सहित ६ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा दमक ७ का होटल संचालक ३२ वर्षीय पदम सुब्बा, दमक ५ का २९ वर्षीय कैलाश लिम्बू, सोही स्थानका ३३ वर्षीय मोहन ढुंगाना, दमक ६ का ३८ वर्षीय द्रोणचार्य कार्की, सोही स्थानका ५० वर्षीय प्रेम सुब्बा र सोही स्थानका ५० वर्षीय भीम सुब्बा रहेका छन् ।
शनिबार साँझ होटलमा जुवाजन्य खेल खेलाइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ३ बुङ तास, नगद एक लाख ६० हजारसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका उपर इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post