इटहरी : इटहरीमा बाँसको झ्याङमा गाडेर लुकाएको अवस्थामा लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पक्राउ पर्नेमा इटहरी ४ फलामे पुल नजिकै बस्ने ४८ वर्षीय सञ्जयकुमार चौधरी रहेका छन् । उनलाई साउन १८ गते (सोमबार) लागूऔषध खरिद बिक्री गर्दै गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
शरीर खानतलासी गर्दा उनको साथवाट नाइट्रोभेट १० लेखिएको पत्तामा ८ वटा ट्याबलेट र प्रतिवन्धित औषधी स्पासोम–प्रोक्स्वाइभोन प्लस लेखिएको ३ वटा पत्तामा रहेको २० वटा ट्याबलेट मध्ये ६ वटा खाईमासी बाँकी रहेको १४ वटा ट्यावलेट फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, उनको घर तथा घर वरपर खानतलासी गर्ने क्रममा घरदेखि पश्चिमतर्फ शौचालय नजिक बाँसघारीको बीचमा खाल्टो खनेर राखिएको लागूऔषध समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
खाल्डो खनेर पुरेर राखिएको अवस्थामा डाइलाइक्स डी.सी १०० एमएल लेखिएको ३३ बोतल, ड्रम नजिकै प्लाष्टिकमा लुकाई छिपाई राखेको नाइट्रोभेट १० लेखिएको पत्तामा ३० वटा ट्याबलेटको दरले १० पत्ता, प्रतिबन्धित औषधी स्पासोम–प्रोक्स्वाइभोन प्लस लेखिएको पत्तामा २४ वटा ट्याबलेटका दरले १० पत्ता फेला पारेको इटहरी प्रहरीले जनाएको छ ।
यस्तै, स्पासोम–प्रोक्स्वाइभोन प्लस लेखिएको थप १६ वटा ट्याबलेटका दरले ५ पत्ता, सोही ब्यहोरा लेखिएको अर्को पत्तामा ८ वटा ट्याबलेटको दरले ४ पत्ता लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि जिल्ला अदालत सुनसरीबाट लागूऔषध मुद्धामा सातदिनको म्याद थप गरी अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।














Discussion about this post