इटहरी : सुनसरीको कोशी गाउँपालिका ५ कुम्याई बस्ने मलसुहुदिन मियाँको बन्दै गरेको घरको दोस्रो तल्लाको पर्खाल लगाउने क्रममा पर्खालसहित लड्दा एकजना मिस्त्रीको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृत्यु हुनेमा इनरुवा नगरपालिका १० जल्पापुरका ३७ वर्षीय ईशादिल अंसारी रहेका छन् ।
आज (सोमबार) दिउँसो १ बजे भएको घटनामा देवानगंज गाउँपालिका ३ का २४ वर्षीय मोहम्मद सतार अंसारी समेत घाइते भएका छन् । उनको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे इलाका प्रहरी लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post