ओखलढुङ्गा : ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका ५ चित्रेमा कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ भने एक व्यक्ति घाइते भएका छन् ।
४२ बर्षीय पासाङ तेन्जी शेर्पा र बर्णालुका ६३ बर्षीय आङ्गुबु शेर्पाबीच झगाडा भई कुटपिट हुँदा पासाङ तेन्जी शेर्पाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङगाका अनुसार गएराति १ बजे झगडा भएको थियो । झगडामा दुवै जना गम्भीर घाइते भएका थिए ।
उनीहरुलाई सामुदायिक मिसन अस्पताल ओखलढुङ्गामा उपचारको लागि भर्ना गरिएको थियो ।
उपचारको क्रममा पासाङको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते आङ्गुबुको उपचार भइरहेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post