उदयपुर : उदयपुरको रौतामाई गाउँपालिका ८ का ३० वर्षीय चन्द्रबहादुर मगरको भीरबाट लडेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पुवारे भंज्याङ गएका मगर घर नआएपछि आफन्तले खोजतलास गर्ने क्रममा शव फेला परेका थिए ।
प्रहरीका अनुसार पुवारे भंज्याङको भीरबाट लडेर मृत्यु भएको खबर प्राप्त भएसँगै घटनास्थलमा इलाका प्रहरी कार्यालय रौतामाई र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटिइ थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post