झापा : झापामा झुण्डिएको अवस्थामा ८ महिने शिशुसहित एक दम्पतीको शव फेला परेको छ ।
जिल्लाको कनकाई नगरपालिका १ दुर्गापुरका ३४ वर्षीय रविन विक, उनकी पत्नी २९ वर्षीया मीना बस्नेत विक र ८ महिनाकी छोरी रुविना झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय सुरुंगाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाका अनुसार ८ महिने शिशु पनि झुण्डिएको अवस्थामा फेला परेका छन् ।
पहिला शिशुलाई झुण्ड्याएर पछि दुवैले आत्महत्या गरेको जस्तो देखिएपनि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको उनले बताए ।














Discussion about this post