इटहरी : सरकारले लकडाउनको अवधि १२ दिन थप गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १५ सम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो।
सरकारले तेस्राेपटक लकडाउनकाे अवधि थप गर्ने निर्णय गरेकाे हाे। पहिलोपटक एक हप्ताका लागि लागू गरिएको लकडाउनकाे समयावधि यसअघि दुई पटक थप गरिएको थियो।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण फैलिन नदिन सरकारले चैत ११ गतेबाट लकडाउन लागू गरेको थियो। मन्त्रिपरिषद्को चैत २२ को निर्णयबाट थप गरिएको लकडाउन अवधि भोलि वैशाख ३ गते सकिँदैछ।
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या थपिँदै गएपछि लकडाउन लम्ब्याउने निर्णय गरिएको हो।
Discussion about this post