झापा : झापामा मोटरसाइकलको ठक्करबाट गर्भवती महिलाको मृत्यु भएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनसार भद्रपुर नगरपालिका ९ मा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा २७ प ६४२२ नम्बरको मोटरसाइकलको ठक्करबाट गर्भवती महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा २३ वर्षीया दीक्षा चौलागाईं (प्रसाईं) रहेकी छन् । पैदल हिँडिरहेकी उनलाई मोटरसाइकलले ठक्कर दिएर गएराति ८ः४५ बजेतिर घाइते बनाएको थियो ।
उपचारको क्रममा दमकको लाइफलाइन अस्पतालमा बिहानको राति २ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले मोटरसाइकल चालक भद्रपुर ९ का ३३ वर्षीय मनप्रसाद तिवारीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अगाडि बढाएको जनाएको छ ।














Discussion about this post