इटहरी : सुनसरीमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार जिल्लाको कोशी गाउँपालिका ३ जमुवा चोकस्थित पूर्व–पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सप्तरी महादेवा गाउँपालिका ६ का ३५ वर्षीय रामनाथ मण्डल रहेका छन् । पश्चिमतर्फ जाँदै गरेको प्र २–०३–००१ च ३००७ नम्बरको पिकअपले बिपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००२ प ५६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रामनाथको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, मोटरसाइकल पछाडि सवार सप्तरी हुनुमान कंकालिनी नगरपालिका ११ का १९ वर्षीय सन्तोषकुमार मण्डलको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
ठक्कर दिने पिकअप र चालक सर्लाही बर्छवा ९ का २३ वर्षीय अंशकुमार साह प्रहरीको नियन्त्रणमा रहेका छन् ।














Discussion about this post