झापा : झापामा बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार झापाको कमल गाउँपालिका ४ स्थित चुलाचुली मोडमा आज दिउँसो बसको ठक्करबाट मोरङको उर्लाबारी नगरपालिका ३ का ५० वर्षीय हेमशागर थापाको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार पश्चिमबाट पूर्व जाँदै गरेको मे ३ प ९४४९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६७६२ नम्बरको यात्रुबहाक बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
बसले अर्को सवारीसाधनलाई ओभरटेक गर्दा सो दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
ठक्कर दिने बस र बसका चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।














Discussion about this post