इटहरी : तीव्र गतिमा चलाएको मोटरसाइकल इटहरीमा दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी ५ स्थित पूर्व–पश्चिम राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३८ प ५९६३ नम्बरको मोटरसाइकललाई बिपरीत दिशाबाट आउँदै गरेको को ३४ प ७९६० नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ इटहरी ५ का घनश्याम राईको मृत्यु भएको हो ।
को ३४ प ७९६० नम्बरको मोटरसाइकल चालक २५ वर्षीय राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा शुक्रबार राति ८ः३५ बजे निधन भएको प्रहरीले जनाएको छ ।
को ३८ प ५९६३ नम्बरको मोटरसाइकल चालक ४० को होमराज बुढाथोकीलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ भने दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक राईले तीव्र गतिमा मोटरसाइकल चलाउँदा उक्त दुर्घटना भएको हो । दुवै व्यक्तिहरुसँग साथमा कागजपत्र समेत नरहेकाले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post