इटहरी : इटहरीमा ५५ लाख लगानीमा बार्दली रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।
आइतबार होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले रेष्टुरेन्टको शुभारम्भ गरेका थिए । एक कार्यक्रमकाबीच अध्यक्ष पराजुलीले रिबन काटेर रेष्टुरेन्टको शुभारम्भ गरेका हुन् ।
व्यवसायी यामकुमार राउतले ५५ लाख लगानीमा इटहरी १६ स्थित पचरुखीमा सञ्चालनमा ल्याएको उक्त रेष्टुरेन्टमा विभिन्न नेपाली खानाका परिकारसँगै सुविधासम्पन्न, पारिवारिक वातावरण रहेको बताए ।
युवा युवतीहरुका लागि टिकटक तथा सेल्फी खिच्ने समेत गरी तयार गरिएको रेष्टुरेन्टमा एकै पटकमा एकसय जनासम्मलाई व्यवस्थित रुपमा खाना खुवान सकिनेगरी रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।














Discussion about this post