इटहरी : इटहरीबाट एक युवती हराएकी छन् । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार २० वर्षीया दुर्गा भण्डारी हराएकी हुन् । धरान ६ घर भएकी उनी इटहरी ४ मा डेरामा बस्दै आएकी थिइन् ।
भाद्र १२ गते कोठाबाट कोही कसैलाई जानकारी नगराई निस्किएको र अहिलेसम्म नफर्किएपछि परिवारले उनको खोजी थालेका हुन् ।
इलाका प्रहरी कार्यालय इटहरीले खोजी कार्यमा सहयोग गर्न आग्रह गर्दै तस्वीर समेत सार्वजनिक गरेको छ ।
कोही कसैले देखेमा निजको अभिभावकको सम्पर्क नम्बर ९८२४३२१९६९, ९८११०४०७९२ मा वा नजिकको प्रहरी कार्यालयमा खबर गर्नका लागि अपिल गरिएको छ ।














Discussion about this post