विराटनगर : १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा सञ्चालित प्रहरी जवान १३८ औँ समूहको आधारभूत तालिममा सहभागी ६७१ जना प्रहरी जवानहरु दीक्षित भएका छन् ।
२०७७ मंसिर ३ गतेदेखि सञ्चालित प्रहरी जवान १३८ औँ समूहको २ सय ३४ कार्यदिनको आधारभूत तालिम पश्चात आज प्रशिक्षार्थीहरू लाई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानीको प्राङ्गणमा १ नम्बर प्रदेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बीसीको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको हो ।
तालिममा सहभागी १३३ जना महिला सहित ६७१ जना प्रहरी जवानहरु दीक्षित भएका हुन्।
१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा ४८० जना, १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण रानीमा ९६ जना र दंगा नियन्त्रण प्रहरी गण दुहवीमा ९५ जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको प्राङ्गणमा संयुक्त रुपमा दीक्षित गरिएको हो ।














Discussion about this post