मोरङ : मोरङको सुन्दरहरैँचामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार गएराति गोठगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ ख ६५०५ नम्बरको टिपरले पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ९१२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ पथरीशनिश्चरे २ का ४३ वर्षीय वीरेन्द्र लिम्बूको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।














Discussion about this post