इटहरी : इलाका प्रहरी कार्यालय इटहरीले २१ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।
इटहरी १२ बाट सवारी साधन चेकजाँच गर्ने क्रममा विराटनगरतर्फ जाँदै गरेको प्र–१–०२–०४३ प ८८०४ नम्बरको मोटरसाइकलमा सवार दुईजनालाई गाँजासहित पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पक्राउ पर्नेमा धनकुटा सांगुरीगढी गाउँपालिका ८ घर भई हाल इटहरी ४ मा कोठाभाडामा बस्दै आएका २७ वर्षीय दीपेन्द्र राई र मोटरसाइकलको पछाडि सवार निजको श्रीमती २५ वर्षीष शर्मिला राई रहेका छन् ।
प्रहरीका अनुसार मोटरसाइकलको बीचमा ‘ह्याप्पी बर्थडे’ लेखिएको लेखिएको रंगीचंगी ¥यापिङ पेपरले बाहिरबाट बेरेर राखेको अवस्थामा कार्टुन र मोटरसाइकलको लेगार्डमा झुण्ड्याई बेकेको जेब्रा झोलाभित्र प्लाष्टिकमा प्याक गरेको ४ पोका र कार्टुनभित्र प्लाष्टिकमा प्याक गरेको १७ पोका गाँजा फेला परेको थियो ।
जम्मा २१ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ । यस्तै, उनीहरु सवार मोटरसाइकल समेत बरामद गरिएको इटहरी प्रहरीले जनाएको छ ।
गाँजा ओसारपसारमा संलग्न भारतको अररिया जिल्ला जोगवनी थाना पीपरा पञ्चायत ०६ विसनपुर (बिहार, भारत) बस्ने अन्दाजी ३० वर्षीय टुनटुन यादवलाई समेत मोरङ प्रहरीको सहयोगमा विराटनगर १५ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न तीनै जनालाई जिल्ला अदालत सुनसरीबाट लागूऔषध मुद्दामा नौ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post