ओखलढुङ्गा : ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका ४ का २१ वर्षीय निखिल फुयँलको करेन्ट लागेर मृत्यु भएको छ ।
करेन्ट लागेर सोलारको पोलबाट लड्दा उनको मृत्यु भएको हो । आज बिहान १० बजे मानेभन्ज्याङ गाउँपालिका ७ स्थित माझी गाउँमा सोलारको पोलमा चढेर निर्माणाधीन सोलु करिडोरको तार तन्काउने क्रममा सोलारको करेन्ट लागेर पोलबाट लडेका थिए ।
प्रहरीका अनुसार लडेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post