Friday, June 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

संघर्षका प्रतिमूर्ति

फिचर

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २०, २०७८
in टाकुरा विशेष, समाचार
0
संघर्षका प्रतिमूर्ति
410
SHARES
Share on FacebookShare on Twitter

इटहरी : छुर्पी व्यवसायको सुरुआत गर्दा उनलाई त्यसबारे केही समान्य मात्रै ज्ञान थियो । व्यवसाय सुरुआतताका अफ्टयारो, झण्झटिलो र असजिलाहरु कयन पटक आइपरे ।

स्थानीय बजारबाट किनेका छुर्पी अन्य जिल्ला तथा विदेशमा पठाउन निकै कठिन हुन्थ्यो । भौगोलिक कठिनाई एकातिर, व्यवसायलाई निरन्तरता दिनका लागि गरिने अभ्यास र कठिनाई अर्कोतिर ।

आफ्नो विद्यार्थी जीवन सकेसँगै रेमिट्यान्सको व्यवसाय सुरु गरेका उनले एक दशकअघि आफ्नो विगत स्मरण गरे । विगतमा आफ्ना परिवारले गरेका कृषि पेशालाई नजिकबाट सम्झिए । र, आफूले पुनः त्यही कृषि व्यवसायलाई निरन्तरता दिनका लागि डेरी पेशालाई आफ्नो साथी बनाए ।

इटहरी ९ का प्रदीप अधिकारीले छुर्पी व्यवसाय सुरु गर्दाताका आइपरेका केही सामान्य लाग्ने, तर असामान्य समस्या हो, यो ।

करीब एक दशकअघि छुर्पीको कारोबार गरेका अधिकारी अहिले दूध र दूग्धजन्य पदार्थबाट मासिक तीस लाख बढीको कारोबार गर्छन् । विगत सम्झदैँ अधिकारी भन्छन्, ‘त्यसबेला आफ्नो उत्पादन थिएन, किनेर बाहिर निर्यात गर्नका लागि थुप्रै अफ्ट्याराहरु आइपरे, नयाँ व्यवसायलाई निरन्तरता दिनका लागि निकै जोखिम लिनुपर्यो ।’

आफ्नो विद्यार्थी जीवन सकेसँगै रेमिट्यान्सको व्यवसाय सुरु गरेका उनले एक दशकअघि आफ्नो विगत स्मरण गरे । विगतमा आफ्ना परिवारले गरेका कृषि पेशालाई नजिकबाट सम्झिए । र, आफूले पुनः त्यही कृषि व्यवसायलाई निरन्तरता दिनका लागि डेरी पेशालाई आफ्नो साथी बनाए ।

‘परिवारले गरेको पुरानो व्यवसायलाई आधुनिक किसिमले गर्ने इच्छा भएर यही व्यवसाय गर्ने मनसाय बनाएँ, व्यवसाय परिवर्तन गर्ने इच्छा भएसँगै डेरी व्यवसायको सुरुआत गरेको हुँ,’ हाँसोमिश्रित अनुहारसहित अधिकारी सुनाउँछन्, ‘अहिले आफ्नै डेरी उद्योग र छुर्पी उत्पादनको कारखानाले आम्दानीसँगै सन्तुष्ट छु, रोजगार पनि प्रदान गरिरहेको छु ।’ उनले अहिले इटहरी ९ स्थित वीपी चौकमा तमर डेरी उद्योग सञ्चालन गर्दै आएका छन् ।

हाल तेह्रथुमको वसन्तपुरमा छुर्पी उद्योग रहेको र प्रतिकेजी एक हजारदेखि एक हजार पाँच सय रुपैँयासम्म छुर्पी बिक्री हुने गरेको अधिकारी सुनाउँछन् । ‘वसन्तपुरमा उत्पादन भएका छुर्पी स्वदेशी बजारसँगै विदेशमा पनि निर्यात गर्दै आएका छौँ,’ उनी भन्छन् ।

उमेरले ४९ वर्ष पुगेका उनले अहिले तेह्रथुमको वसन्तपुरमा र इटहरीमा आफ्नै जमीनमा व्यवसायलाई व्यवस्थित गरेर निरन्तरता दिएका छन् । आफूले जुनसुकै व्यवसाय गरेपनि निरन्तरता भयो भने सफलता हुने उनको व्यवसायिक अनुभव छ ।

अहिले लकडाउनले सबै क्षेत्रलाई प्रत्यक्ष असर पारेको बताउँदै उनी भन्छन्, ‘वसन्तपुरमा कृषकले उत्पादन गरेको दूध खेर जान नदिन तथा कृषकलाई प्रोत्साहित गर्नका लागि पनि डेरी व्यवसायको सुरुआत गरिएको हो, यहाँबाट छुर्पी, नौनी घ्यू लगायतका सामान बाहिर पनि निर्यात गरिन्छ, मासिक तीस लाख सम्मको कारोबार गरिदैँ आएको छ ।’

हाल तेह्रथुमको वसन्तपुरमा छुर्पी उद्योग रहेको र प्रतिकेजी एक हजारदेखि एक हजार पाँच सय रुपैँयासम्म छुर्पी बिक्री हुने गरेको अधिकारी सुनाउँछन् । ‘वसन्तपुरमा उत्पादन भएका छुर्पी स्वदेशी बजारसँगै विदेशमा पनि निर्यात गर्दै आएका छौँ,’ उनी भन्छन् ।
५७ सालदेखि रेमिट्यान्सको व्यापार सुरुआत गरेका उनी अहिले इटहरीको सपोर्ट लघुवित्त फाइनान्स लिमिटेडका अध्यक्ष समेत छन् ।

निरन्तरको संघर्षले नै आज आफूलाई सफल व्यवसायीको रुपमा चिनाउन उनी सफल भए । ‘काम सानो–ठूलो हुँदैन, जुनसुकै व्यवसायलाई पनि संघर्ष गरेर निरन्तरता दियो भने एकदिन अवश्य सफल भइन्छ,’ उनले भने ।

विगत सम्झदैँ अधिकारी भन्छन्, ‘त्यसबेला प्रविधिको विकास थिएन, सफ्टवेयर पनि नहुँदा विदेशबाट पठाएको पैसाको डकुमेन्ट फ्याक्समार्फत पठाइन्थ्यो, भुक्तान गरेको एक हप्तामा मात्रै बैंकमा पैसा जम्मा हुन्थ्यो ।’

त्यसबेलादेखि नै इटहरी व्यापारिक हब रहेको उनले स्मरण गरे । इटहरीमा मात्रै रेमिट्यान्स सञ्चालन रहेसँगै सिरहा, सप्तरी, पाँचथर, धनकुटा, इलामदेखि समेत मानिसहरु आएर विदेशबाट आएको पैसा लैजाने गरेको उनले स्मरण गरे ।

अहिले रेमिट्यान्सको व्यवसायसँगै डेरीलाई पूर्णकालीन रुपमा सन्चालन गर्दै आएका उनले दीर्घकालीन रुपमा जुनै व्यवसायलाई पनि निरन्तरता दिएमा सफल हुने बताए । निरन्तरको संघर्षले नै आज आफूलाई सफल व्यवसायीको रुपमा चिनाउन उनी सफल भए । ‘काम सानो–ठूलो हुँदैन, जुनसुकै व्यवसायलाई पनि संघर्ष गरेर निरन्तरता दियो भने एकदिन अवश्य सफल भइन्छ,’ उनले भने ।

Tags: #इटहरीटाकुरा विशेषप्रदीप अधिकारीव्यवसाय
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

मलद्वारमा लुकाएर ब्राउनसुगर ओसार्ने चार जना सुनसरीबाट पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार ४, २०८३
0

इटहरी : सुनसरीको कोशी गाउँपालिका–१ स्थित भन्सार गेट क्षेत्रमा प्रहरीले संयुक्त रूपमा सञ्चालन गरेको विशेष चेकजाँच अभियानका क्रममा २०.१७ ग्राम...

नेपाली नम्बर प्लेट लगाएर भारतीय कार सञ्चालन, भेडेटारमा प्रहरीको निगरानीमा परेपछि खुल्यो रहस्य
समाचार

नेपाली नम्बर प्लेट लगाएर भारतीय कार सञ्चालन, भेडेटारमा प्रहरीको निगरानीमा परेपछि खुल्यो रहस्य

by टाकुरा न्यूज । इटहरी
असार ४, २०८३
0

धनकुटा : भारतीय नम्बरको कारमा नेपाली नम्बर प्लेट जडान गरी सञ्चालन गरिएको सवारी धनकुटाको भेडेटारमा प्रहरीले फेला पारेपछि जाली नम्बर...

झापा : विपद्जन्य घटनाबाट जेठ महिनामै १० करोडको क्षति

असार ४, २०८३
सुनसरी र झापामा खोलाले बगाउँदा दुईजनाको मृत्यु, दुई बेपत्ता

उदयपुर : पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु

असार ४, २०८३
गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

असार ४, २०८३
विराटनगर आगलागीका पीडित परिवारलाई महानगरले राहत उपलब्ध गराउने

विराटनगरमा घर निर्माणमा कडाइ, नाला जाम र सडक क्षति रोक्न सात बुँदे मापदण्ड अनिवार्य

असार ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

मलद्वारमा लुकाएर ब्राउनसुगर ओसार्ने चार जना सुनसरीबाट पक्राउ

असार ४, २०८३
नेपाली नम्बर प्लेट लगाएर भारतीय कार सञ्चालन, भेडेटारमा प्रहरीको निगरानीमा परेपछि खुल्यो रहस्य

नेपाली नम्बर प्लेट लगाएर भारतीय कार सञ्चालन, भेडेटारमा प्रहरीको निगरानीमा परेपछि खुल्यो रहस्य

असार ४, २०८३

झापा : विपद्जन्य घटनाबाट जेठ महिनामै १० करोडको क्षति

असार ४, २०८३
सुनसरी र झापामा खोलाले बगाउँदा दुईजनाको मृत्यु, दुई बेपत्ता

उदयपुर : पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु

असार ४, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1506 shares
    Share 602 Tweet 377
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    907 shares
    Share 363 Tweet 227
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    615 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    393 shares
    Share 157 Tweet 98
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    352 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.