इटहरी : छुर्पी व्यवसायको सुरुआत गर्दा उनलाई त्यसबारे केही समान्य मात्रै ज्ञान थियो । व्यवसाय सुरुआतताका अफ्टयारो, झण्झटिलो र असजिलाहरु कयन पटक आइपरे ।
स्थानीय बजारबाट किनेका छुर्पी अन्य जिल्ला तथा विदेशमा पठाउन निकै कठिन हुन्थ्यो । भौगोलिक कठिनाई एकातिर, व्यवसायलाई निरन्तरता दिनका लागि गरिने अभ्यास र कठिनाई अर्कोतिर ।
आफ्नो विद्यार्थी जीवन सकेसँगै रेमिट्यान्सको व्यवसाय सुरु गरेका उनले एक दशकअघि आफ्नो विगत स्मरण गरे । विगतमा आफ्ना परिवारले गरेका कृषि पेशालाई नजिकबाट सम्झिए । र, आफूले पुनः त्यही कृषि व्यवसायलाई निरन्तरता दिनका लागि डेरी पेशालाई आफ्नो साथी बनाए ।
इटहरी ९ का प्रदीप अधिकारीले छुर्पी व्यवसाय सुरु गर्दाताका आइपरेका केही सामान्य लाग्ने, तर असामान्य समस्या हो, यो ।
करीब एक दशकअघि छुर्पीको कारोबार गरेका अधिकारी अहिले दूध र दूग्धजन्य पदार्थबाट मासिक तीस लाख बढीको कारोबार गर्छन् । विगत सम्झदैँ अधिकारी भन्छन्, ‘त्यसबेला आफ्नो उत्पादन थिएन, किनेर बाहिर निर्यात गर्नका लागि थुप्रै अफ्ट्याराहरु आइपरे, नयाँ व्यवसायलाई निरन्तरता दिनका लागि निकै जोखिम लिनुपर्यो ।’
आफ्नो विद्यार्थी जीवन सकेसँगै रेमिट्यान्सको व्यवसाय सुरु गरेका उनले एक दशकअघि आफ्नो विगत स्मरण गरे । विगतमा आफ्ना परिवारले गरेका कृषि पेशालाई नजिकबाट सम्झिए । र, आफूले पुनः त्यही कृषि व्यवसायलाई निरन्तरता दिनका लागि डेरी पेशालाई आफ्नो साथी बनाए ।
‘परिवारले गरेको पुरानो व्यवसायलाई आधुनिक किसिमले गर्ने इच्छा भएर यही व्यवसाय गर्ने मनसाय बनाएँ, व्यवसाय परिवर्तन गर्ने इच्छा भएसँगै डेरी व्यवसायको सुरुआत गरेको हुँ,’ हाँसोमिश्रित अनुहारसहित अधिकारी सुनाउँछन्, ‘अहिले आफ्नै डेरी उद्योग र छुर्पी उत्पादनको कारखानाले आम्दानीसँगै सन्तुष्ट छु, रोजगार पनि प्रदान गरिरहेको छु ।’ उनले अहिले इटहरी ९ स्थित वीपी चौकमा तमर डेरी उद्योग सञ्चालन गर्दै आएका छन् ।
हाल तेह्रथुमको वसन्तपुरमा छुर्पी उद्योग रहेको र प्रतिकेजी एक हजारदेखि एक हजार पाँच सय रुपैँयासम्म छुर्पी बिक्री हुने गरेको अधिकारी सुनाउँछन् । ‘वसन्तपुरमा उत्पादन भएका छुर्पी स्वदेशी बजारसँगै विदेशमा पनि निर्यात गर्दै आएका छौँ,’ उनी भन्छन् ।
उमेरले ४९ वर्ष पुगेका उनले अहिले तेह्रथुमको वसन्तपुरमा र इटहरीमा आफ्नै जमीनमा व्यवसायलाई व्यवस्थित गरेर निरन्तरता दिएका छन् । आफूले जुनसुकै व्यवसाय गरेपनि निरन्तरता भयो भने सफलता हुने उनको व्यवसायिक अनुभव छ ।
अहिले लकडाउनले सबै क्षेत्रलाई प्रत्यक्ष असर पारेको बताउँदै उनी भन्छन्, ‘वसन्तपुरमा कृषकले उत्पादन गरेको दूध खेर जान नदिन तथा कृषकलाई प्रोत्साहित गर्नका लागि पनि डेरी व्यवसायको सुरुआत गरिएको हो, यहाँबाट छुर्पी, नौनी घ्यू लगायतका सामान बाहिर पनि निर्यात गरिन्छ, मासिक तीस लाख सम्मको कारोबार गरिदैँ आएको छ ।’
हाल तेह्रथुमको वसन्तपुरमा छुर्पी उद्योग रहेको र प्रतिकेजी एक हजारदेखि एक हजार पाँच सय रुपैँयासम्म छुर्पी बिक्री हुने गरेको अधिकारी सुनाउँछन् । ‘वसन्तपुरमा उत्पादन भएका छुर्पी स्वदेशी बजारसँगै विदेशमा पनि निर्यात गर्दै आएका छौँ,’ उनी भन्छन् ।
५७ सालदेखि रेमिट्यान्सको व्यापार सुरुआत गरेका उनी अहिले इटहरीको सपोर्ट लघुवित्त फाइनान्स लिमिटेडका अध्यक्ष समेत छन् ।
निरन्तरको संघर्षले नै आज आफूलाई सफल व्यवसायीको रुपमा चिनाउन उनी सफल भए । ‘काम सानो–ठूलो हुँदैन, जुनसुकै व्यवसायलाई पनि संघर्ष गरेर निरन्तरता दियो भने एकदिन अवश्य सफल भइन्छ,’ उनले भने ।
विगत सम्झदैँ अधिकारी भन्छन्, ‘त्यसबेला प्रविधिको विकास थिएन, सफ्टवेयर पनि नहुँदा विदेशबाट पठाएको पैसाको डकुमेन्ट फ्याक्समार्फत पठाइन्थ्यो, भुक्तान गरेको एक हप्तामा मात्रै बैंकमा पैसा जम्मा हुन्थ्यो ।’
त्यसबेलादेखि नै इटहरी व्यापारिक हब रहेको उनले स्मरण गरे । इटहरीमा मात्रै रेमिट्यान्स सञ्चालन रहेसँगै सिरहा, सप्तरी, पाँचथर, धनकुटा, इलामदेखि समेत मानिसहरु आएर विदेशबाट आएको पैसा लैजाने गरेको उनले स्मरण गरे ।
अहिले रेमिट्यान्सको व्यवसायसँगै डेरीलाई पूर्णकालीन रुपमा सन्चालन गर्दै आएका उनले दीर्घकालीन रुपमा जुनै व्यवसायलाई पनि निरन्तरता दिएमा सफल हुने बताए । निरन्तरको संघर्षले नै आज आफूलाई सफल व्यवसायीको रुपमा चिनाउन उनी सफल भए । ‘काम सानो–ठूलो हुँदैन, जुनसुकै व्यवसायलाई पनि संघर्ष गरेर निरन्तरता दियो भने एकदिन अवश्य सफल भइन्छ,’ उनले भने ।














Discussion about this post