तरहरा : इटहरी २० तरहराका भरत गिरीको निधन भएको छ । ४२ वर्षीय गिरीको आज बिहान धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।
इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार करीब एक महिनाअघिदेखि कोरोना संक्रमणले ग्रसित उनको उपचारको क्रममा निधन भएको हो । ‘
सुरुमा कोरोना लागेपनि पछि नेगेटिभ रिपोर्ट आइसकेको थियो,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘सुधारको क्रम थियो, तर निमोनिया पनि भएका कारण आज बिहान निधन भयो ।’ उनका अनुसार आज बिहान १० बजे इटहरीस्थित बुढीगंगा जमुना मुक्तिघाटमा अन्त्यष्टि गरिएको छ ।
गिरी नेपाल रेडक्रस हाँसपोसा उपशाखाका सचिव, इन्भारो केयर इटहरीका व्यवस्थापक तथा अन्य थुप्रै सामाजिक संस्थाहरुमा पनि सक्रिय थिए । मृतक गिरीका एक श्रीमती, एक छोरा र एक छोरी छन् ।












Discussion about this post