कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार भएका एक व्यक्तिलाई प्रहरीले भोजपुरबाट पक्राउ गरेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ केराबारीका ५३ वर्षीय मनकेशर राईलाई घटना भएको २७ वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको हो ।
टेम्केमैयुङ–७ का २५ वर्षीय राजधन राईको २०५० मंसिर ३ गते हत्या भएको घटनामा संलग्नमध्ये राईलाई जिल्ला अदालत भोजपुरको २०६१ भदौ २८ गतेको फैसलाले तीन वर्ष कैद सजाय सुनाएको थियो ।
घटनापछि नै फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट गएको प्रहरीको टोलीले भोजपुर सदरमुकाममा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।
प्रकाउ परेकालाइ भोजपुर जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।














Discussion about this post