इटहरी : इटहरी उपमहानगरपालिका १७ स्थित चतरा–कान्छी चोक सडक खण्डमा पिकअप गाडीले ठक्कर दिँदा आज (शनिबार) बिहान एक पैदल यात्रीको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ च १३३९ नम्बरको पिकअपले ठक्कर दिँदा भोजपुर घर बताउने अन्दाजी ४५ वर्षीय दिलबहादुर राईको मृत्यु भएको हो ।
गाडीले शुक्रबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा आज बिहान ४ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक केही समयदेखि इटहरी क्षेत्रमा हिँडडुल गर्ने र मागी खाने गर्ने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिमा रहेको गाडीले मादक पदार्थ सेवन गरेर सडकमा हिँडिरहेका पैदल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।














Discussion about this post