इटहरी : सुनसरीको दुहबी ८ सोनापुरमा दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार खनारबाट दुहबी तर्फ जाँदै गरेको ना ५५ प ९९७९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको को १ क ३३९५ नम्बरको ट्रकले ठक्कर दिँदा सुलभ गिरीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सर्लाही लालबन्दी नपा ८ बस्ने अन्दाजी ३० वर्षीय गिरीको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रक र चालक सुनसरी धरान ८ बस्ने ६० वर्षीय नारायण श्रेष्ठ र मोटरसाइकल इलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।














Discussion about this post