इटहरी (डेस्क) : बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गत शनिबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १२ साझा पेट्रोलपम्प अगाडि गाडीभित्रै चालक र सहचालक दुवैले बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेकामा खोजतलासका क्रममा दुवै जनालाई मङ्गलवार पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार गत शनिबार भक्तपुरको भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित सडकखण्डमा पूर्वतर्फ जानका लागि भनी गाडी कुरिरहेकी अन्दाजी वर्ष १३ की बालिकालाई गन्तव्यसम्म पुर्याइदिने भन्दै ट्रकमा हालेर अरनीको राजमार्गअन्तर्गत बनेपा–१२ साझा पेट्रोलपम्प अगाडि लगेर गाडीभित्रै जबर्जस्ती करणी गरेर फरार रहेको अनुसन्धानबाट खुलेको हो ।
बालिकालाई गन्तव्यसम्म नपुर्याई सोही स्थानमा छाडेर गाडी लिएर फरार भएका दुई जनालाई प्रहरीले धुलिखेल नगरपालिका–७ बाट ट्रकसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा गाडी चालक झापाको हल्दीबारी गाउँपालिका–५ का ३२ वर्षीय हर्कबहादुर विश्वकर्मा र सोही गाडीका सहचालक मोरङको उर्लाबारी नगरपालिका–१ का १८ वर्षीय निदीप धिमाल रहेको प्रहरीले जनाएको छ ।
घटनापश्चात अनुसन्धानमा रहेको प्रहरीले दुवै जनालाई प्रदेश–२–०३–००१ ख १४८५ नंको भाडाको ट्रक मोरङबाट बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको अवस्थामा धुलिखेलचोकबाट नियन्त्रणमा लिएको प्रनाउ खतिवडाले बताए ।
पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post