मोरङ : मोरङको बूढीगङ्गा ३ मा बिहीबार बिहान भएको कार दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन्।
बा ११ च १५७१ नम्बरको कार आफैँ अनियन्त्रित भएर कोशी राजमार्गमा दुर्घटना हुँदा बेलबारी नगरपालिका १ घर भएकी ३० वर्षीया चन्द्रकला राईको उपचारको क्रममा बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार चन्द्रकला सवार सोही कार आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो । बेलबारीबाट विराटनगरतर्फ जाँदै गरेको कार सडकमा रहेको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा कार चालक बेलबारी १ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी १ की ४३ वर्षीया गीता लिम्बू र ५५ वर्षीया सानी धिमाल घाइते भएका छन्। घाइते सबैको विराटनगरमै उपचार भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए।














Discussion about this post