दुहबी : सुनसरीको दुहबी नगरपालिका ९ छाताबेली स्थित जयबाबा ईट्टा भट्टा उद्योग भित्र ट्रिपरको ठक्करबाट एकजना बालिकाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा सोही भट्टामा मजदुर रहेका भारत वेस्ट बंगालका रफिकूल इस्लामकी छोरी ९ वर्षीया बबिता खातुन रहेकी छन् ।
बुधबार बेलुका को १ ख ५४५१ नम्बरको ट्रिपरले बालिकालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रिपर र चालक धनकुटा सहिदभूमी गाउँपालिका ४ का ३० वर्षीय हेमराज राई इलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post