विराटनगर : मोटरसाइकलको ठक्करबाट विराटनगरमा एक पुरुषको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय विराटनगरका अनुसार विराटनगर महानगरपालिका ६ स्थित उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४४ प ९१० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा विराटनगर ११ का ६० वर्षीय रामलखन साहको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका साहको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा गएराति १२ः३० बजेतिर मृत्यु भएको हो ।
तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेका साहको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न मोटरसाइकल चालक विराटनगर ६ का अन्दाजी ३० वर्षीय ओमप्रकाश कामत फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post