इटहरी : सुनसरीको इटहरी २ बस्ने ४० वर्षीया निरा प्रधानको स्कुटर दुर्घटनामा परेर मृत्यु भएको छ ।
आज विहान इटहरी बरगाछि स्थित राजमार्गमा को २ त ५३१७ नम्बरको ट्याक्टरले को ३० प ६२१७ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटी चालक निरा गम्भीर घाईते भएकोमा उनको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर र चालक सुनसरी ७ का ३० वर्षीय कार्तिक रिसिदेब नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।














Discussion about this post