झापा : झापाको दमक १ बाट कौडा खेलिरहेको अवस्थामा १७ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा भद्रपुर ७ का ५१ वर्षीय युवराज न्यौपाने, भद्रपुर ९ का ४९ वर्षीय दिल बहादुर राई, भद्रपुर १० का ५० वर्षीय ठाकुर प्रसाद निरौला, बिर्तामोड( १ का ४२ वर्षीय तिर्थ अधिकारी, कन्काई ३ का ३२ वर्षीय मोहन बराल र बर्ष ३२ कै सुनिल साह रहेका छन ।
यसै गरी गौरादह ५ का ४५ वर्षीय हरि कोईराला, कमल गाँउपालिका ४ का ४७ वर्षीय सुबिन्द्र सुब्बा, दमक ७ का ४९ वर्षीय कर्ण राई, सोही स्थानका ४० वर्षीय राजन दाहाल र ३४ वर्षीय विनोद थेबे रहेका छन ।
यस्तै बेलबारी ११ का २१ वर्षीय निशान पोखरेल, पथरी शनिश्चरे ४ का ४० वर्षीय बलराम बस्नेत,पथरी शनिश्चरे १ का ४३ वर्षीय गंगाराम मगर, मोरङ ग्रामथान ४ का ५७ वर्षीय लक्ष्मी प्रसाद अधिकारी, ग्रामथान ५ का ४२ वर्षीय नैन कुमार चौधरी र ग्रामथान ६ का ४४ वर्षीय रुपेश तामाङ रहेका छन ।
दमक १ स्थितमा बस्ने हिमाल देवानको घर कम्पाउण्डमा ठुलो रकमको बाजी राखी जुवा खेलिरहेको भन्ने गोपय सूचनाका आधारमा हिजो राती इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी टोलीले कौडा खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको हो ।
साथै प्रहरीले जुवाको खालबाट १६ थान कौडा र नगद ४ लाख २७ हजार ६ सय रुपैया समेत फेला पारी बरामद गरेको छ । जुवाको खालबाट पक्राउ परेकाहरु उपर जुवा ऐन मुद्दामा कानुनी कारबाही अगाडी बढाईने इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।












Discussion about this post