इटहरी : सुनसरीको दुहबी नगरपालिका २ मा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आज (बिहीबार) बिहान भएको दुर्घटनामा एकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ जिल्ला बूढीगंगा गाउँपालिका ७ घर भएका ५० वर्षीय आशाराम माझी रहेका छन् ।
प्रहरीका अनुसार इटहरीदेखि विराटनगर जाँदै गरेको मे १ ख २७४८ नम्बरको बसले बाटो काट्न लागेको को ३४ प ९०६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते मोटरसाइकल चालक माझीको उपचारको क्रममा विराटनगर स्थित रहेको न्यूरो अस्पतालमा मृत्यु भएको हो ।
बस र बस चालक सिन्धुपाल्चोक ईन्द्रावती ४ का ३० वर्षीय अशोक थापा मगर इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।














Discussion about this post