मोरङ : मोरङको बूढीगंगा गाउँपालिका १ शान्ती चौकस्थित कोशी लोकमार्गमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ बेलबारी नगरपालिका ८ डाँगीहाट का ५१ बर्षीय देबेन्द्र पन्त रहेका छन् ।
बिहीबार बेलुका विराटनगर जाँदै गरेको को १ ख ७५४८ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको साइकल पछाडिबाट ठोक्किदाँ गम्भीर घाइते भएका पन्तको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस र चालक सुनसरी रामधुनी नगरपालिका ५ का ५३ वर्षीय शिबबहादुर पौडेल जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।














Discussion about this post