इटहरी : नेपाली कांग्रेस रामधुनी सभापतिमा पुनः सुदीप अधिकारी विजयी भएका छन् ।
आज भएको निर्वाचनमा अधिकारीले एक सय ३ मत प्राप्त गर्दै विजयी भएका हुन् । वर्तमान सभापति समेत रहेका उनले पुनः सभापतिमै उमेद्दारी दिएका थिए ।
तीनजनाबीच भएको प्रतिष्पर्धामा सगेन चौधरी र दिलबहादुर राई (दिलु) पराजित भएका छन् ।
रामधुनीमा जम्मा एक सय ९० मत खसेको थियो ।












Discussion about this post