धरान : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत धरान नगरेको निर्वाचनमा श्याम पोखरेलको प्यानल नै विजयी बनेको छ ।
रामचन्द्र पौडेल पक्षधर मानिएका पोखरेलले प्रतिद्वन्द्वी सङ्घीय सरकारका संस्थापनपक्ष किशोर राईलाई ३९ जना मतान्तरले पारजित गर्दै विजयी भएका हुन् । पोखरेलले २६२ मत प्राप्त गर्दा राईले २२३ मत प्राप्त गरेका थिए । ४९७ कुल मत रहेकामा ४९० मत खसेको थियो । सभापति पदमा ५ मत बदर भएको थियो ।
पोखरेल समूहबाट उपसभापति रहेका नरेन्द्रकुमार राई प्रविणले २९० र सन्तोष लिम्बूले २३३ मत प्राप्त गर्दै विजयी बने । यता राईबाट उपसभापतिमा उमेद्दारी दिएका महेन्द्र तामाङले १८३ मत ल्याउँदा राजकुमार थोप्राले २१८ मत ल्याए ।
त्यस्तै, सचिवमा जितेन्द्र राईले २५९ र हिमाल श्रेष्ठले २९६ मत ल्याउँदै विजयी बने । राई समूहका सचिव रुकमणी भट्टराईले १९५ र सुमन श्रेष्ठले १७१ मत ल्याए । यस्तै, सहसचिवमा युनेश राना मगरले ३०२ मत र शीला बज्राचार्यले २७१ मत प्राप्त गर्दै विजयी बने । यता राई पक्षधरका कमला रुचालले १७४ र गोपाल कार्की १८१ मत प्राप्त गरेका थिए ।














Discussion about this post