Wednesday, June 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

रामधुनीमा भव्य रूपमा मनाइयो जितिया पर्व (तस्वीरहरूसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १३, २०७८
in टाकुरा विशेष, फाेटाे फिचर, समाचार
0
रामधुनीमा भव्य रूपमा मनाइयो जितिया पर्व (तस्वीरहरूसहित)
392
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीको रामधुनीमा थारू समूदायले भव्य रूपमा जितिया पर्व मनाएका छन् । बुधबार (आज) रामधुनीमा थारू चलचित्र तथा सांस्कृतिक संघ जिल्ला कार्यसमिति सुनसरीले आयोजना गरेको जितिया पर्वको कार्यक्रम भव्य रूपमा मनाइएको हो ।

थारू चलचित्रकर्मी महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम चौधरीले अहिले देशमा चलचित्रकर्मीहरू दयनीय अवस्थामा रहेको भएपनि सरकारले चासो नदेखाएकोप्रति दुखेको पोखे ।

‘देशमा हरेक चुनावमा कलाकारको नाम लिएर भोट माग्छन्,’ उनले आक्रोशमिश्रित रूपमा भने, ‘तर चलचित्रकर्मी र थारू समूदायलाई कसैले पनि समेट्न सकेका छैनन् ।’

पूर्वका विभिन्न जिल्लामा करीब ६ लाख थारू समूदायको बाहुल्यता रहेको भएपनि उनीहरूको संरक्षणका निम्ति सरकार उत्तरदायी बन्न नसकेको उनको तर्क थियो ।

नेपाली नारीहरुले मनाउने तीज जस्तै थारू समूदायका महिलाहरूले मनाउने जितिया पर्वमा ‘सिम्लारीटी’ पाइन्छ । महिलाहरूले निराहार व्रत बसेर तीनदिनसम्म श्रद्वापूर्वक मनाउँछन् ।

जितियाको पहिलो दिनलाई ‘लाइह’ बाट सुरु हुन्छ । भगवान जितमहानको नाममा ब्रत आरम्भ हुने गर्दछ । यो पर्व आश्विन सप्तमी तिथिका दिन (लाइह) अष्ठमी तिथिका दिन (उपवास) र नवमी तिथिका दिन पारण गरिन्छ ।

पहिलो दिन (लाइह) नदी, तलाउ, पोखरी, कुण्डमा विधिवत स्नान गरी चिल र स्यालको नाममा घेरौलाको पातमा तेल, पिना, माटो, फूल आदि चढाइन्छ । ब्रतालुहरूले ईष्टदेवलाई जलार्पण समेत गर्ने प्रचलन रहेको छ । त्यस दिनको राती सूर्योदय पूर्व स्नान गरी विधिवत ओठघन (दर खाने) खाने गरिन्छ ।

सूर्योदय पश्चात उपवास शुरु हुन्छ, उपवासको दिन ब्रतालु महिलाहरू अन्न, जल नखाई व्रत बस्छन् । त्यसको भोलिपल्ट स्नान गरी विधिवत् पारण गरिन्छ । पारणमा पाँच वटा अक्षत्त, केराउ र तुलसी निल्ने गरिन्छ र तत्पश्चात अन्न ग्रहण गरी व्रत समाप्त हुन्छ ।

थारु जागरण अभियान सुनसरीका अध्यक्ष तथा थारू कल्याणकारी सभाका जिल्ला कोषाध्यक्ष तारादेवी चौधरीका अनुसार थारू समूदायमा जितिया पर्वको बेग्लै महत्व रहेको छ । विवाहित महिलाहरूले खर दिनको जितिया व्रत अनुष्ठान गरी निरन्तर जितिया ब्रत बस्ने गरिन्छ ।

खर दिन भन्नाले शनिबारको दिन लाई, आइतबारको दिन उपवास र सोमबारको दिन पारन पर्ने तिथि हुनुपर्दछ । जसलाई सुइध लागेको जितिया पर्व भनिन्छ । यसका साथै माईतबाट दाजुभाई लिन आउने र बहिनीले तेलपौर रोटीको कोशेली लिएर माइत जाने परम्परा अझ कायम रहेको चौधरी बताउँछिन् ।

 

तस्वीरहरू : प्रशान्त पुरी ।

Tags: #धर्म#रामधुनीजितिया पर्व
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम
विविध

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

by टाकुरा न्यूज । इटहरी
असार ९, २०८३
0

विराटनगर : कोशी प्रदेशका पर्यटकीय क्षेत्रको सुरक्षा तथा पर्यटकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको सातदिने ‘पर्यटक प्रहरी...

चट्याङले लागेर इटहरीका एक बालकसहित दुईको मृत्यु
समाचार

झापा : खेतको आली खन्ने क्रममा चट्याङ लागेर एक पुरुषको घटनास्थलमै मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार ९, २०८३
0

झापा : झापाको गौरीगञ्जमा मङ्गलबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ निवासी ३० वर्षीय...

गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

६० लाखको साझेदारीमा भोजपुरमा व्यावसायिक पशुपालन, २१ फर्मलाई अनुदान

असार ९, २०८३
ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

असार ९, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

१० महिनापछि काँकरभिट्टा नाकामा ‘एकीकृत जाँच एकाइ’ पुनः सञ्चालन

असार ९, २०८३

जेनजी आन्दोलनमा कारागारबाट फरार युवक इटहरीमा ब्राउनसुगरसहित पक्राउ

असार ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

असार ९, २०८३
चट्याङले लागेर इटहरीका एक बालकसहित दुईको मृत्यु

झापा : खेतको आली खन्ने क्रममा चट्याङ लागेर एक पुरुषको घटनास्थलमै मृत्यु

असार ९, २०८३
गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

६० लाखको साझेदारीमा भोजपुरमा व्यावसायिक पशुपालन, २१ फर्मलाई अनुदान

असार ९, २०८३
ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

असार ९, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    908 shares
    Share 363 Tweet 227
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    395 shares
    Share 158 Tweet 99
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    347 shares
    Share 139 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.