धरान : चाडपर्व नजिकिएसँगै सुनसरी उद्योग वाणिज्य संघले धरानमा उपभोक्ताहरूलाई खाद्य स्वच्छता, गुणस्तर तथा पोषण शिक्षा सम्बन्धि सचेतना कार्यक्रम गरेको छ ।
आइतबार धरान वडा नं. १६ को वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै वडाका टोल विकास संस्थाका प्रतिनिधि तथा उपभोक्ताहरूलाई कुनैपनि सामान खरिद गर्दा सचेत रहन आग्रह गरेको हो ।
उनीहरूलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख काशीनाथ घिमिरेले आवश्यक परेको खण्डमा खाद्य स्वच्छता सम्बन्धि प्राविधिक शिक्षा दिने बताउँदै प्रोजेक्टर मार्फत खाद्य स्वच्छता, गुणस्तरिय वस्तु उपभोग गर्न, पोषण शिक्षाको बारेमा जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका धरानका मेयर तिलक राईले उपभोक्ताहरूलाई कुनैपनि सामान खरिद गर्दा उत्पादन भएको मिति, सकिने मिति र त्यससँगै लेखिएको मूल्य हेरेर मात्र खरिद गर्न आग्रह गरे । मेयर राईले व्यापारीहरूलाई सचेत गराउने जिम्मेवारी नै उपभोक्ता रहेको बताउँदै सबै कुरामा ग्राहक नै सक्षम हुनुपर्ने बताए ।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाले संघले धरान लगायत सुनसरीका धेरै स्थानमा गत वर्षदेखि नै सचेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिए । उनलेसामान खरिद गर्दा लेवलिङ हेरेर मात्र खरिद गर्न आग्रह गरे ।














Discussion about this post