इटहरी : भोजपुरबाट धरान आउँदै गरेको बसले किच्दा सहचालकको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार बुधबार (आज) भोजपुरबाट धरान आउँदै गरेको बा २ ख ५८४० बसले किच्दा सहचालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भोजपुर नगरपालिका ११ का १८ वर्षीय धनबहादुर पाठक रहेका छन् । प्रहरीका अनुसार धनकुटाको पाख्रीबासमा गुडिरहेको बसको ढोकाबाट अचानक खसेर गम्भीर घाइते भएका पाठकलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल पठाइएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको र बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।














Discussion about this post