इटहरी : मःम का पारखीहरूलाई स्वाद र सन्तुष्टिलाई मध्यनजर गर्दै इटहरीमा माया फ्रोजन फुडले ९० दिनसम्म खाना सकिनेगरी तयार पारेको विभिन्न प्रकारका मःम बजारमा ल्याएको छ ।
इटहरीको अपस्टेयर्स फुड्समा उत्पादन गरी बजारमा पठाइने लक्ष्य अनुरूप माया फ्रोजन फुड सुरू गरिएको स्कील क्याम्पसका हस्पिटालिटी मेनेजर नवीन कार्कीले बताए ।
उनका अनुसार धेरै मानिसहरूले खाजाका रुपमा रुचाउने मःम सहज रुपमा उपलव्ध गराउँदै १८ डिग्रीमा राखेर ९० दिनसम्म उपभोग गर्न सकिनेछ ।
माया फ्रोजनले भेज, चिकेन र बफ मःम को उत्पादन गरेको स्कील क्याम्पसका प्रबन्ध निर्देशक प्रज्ज्वल पराजुलीले बताए ।
एउटा प्याकेटमा २४ पिस मःम रहनेछ भने भेज मःम को दुई सय पाँच रुपैँया र ननभेजको दुई सय पचास रुपैँया पर्ने उनले जानकारी दिए ।














Discussion about this post