इटहरी : सुनसरीको दुहबी नगरपालिका ३ पेट्रोल पम्प आगाडि कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा मोरङ सुन्दरहरैँचा नगरपालिका ८ का ४५ वर्षीय लक्ष्मीप्रसाद लुईँटेल रहेका छन् ।
प्रहरीका अनुसार विराटनरबाट इटहरीतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल ०२ क्यू ०१३४ नम्बरको एलपी ग्याँस बोक्ने ट्रकले सोही दिशामा जाँदै गरेको को १० प २६८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ लुईँटेलको घटनास्थलमा नै मृत्यु भएको हो ।
ट्रक र ट्रक चालक भारत बिहार बेबसराई बथौली पंचायत ७ का ३५ वर्षीय चन्दन कुमार तातिलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।














Discussion about this post