इटहरी : जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा एक थुनुवाको मृत्यु भएको छ ।
भोक्राहा-नरसिंह गाउँपालिका ५ का हकिब मियाँको हिरासतमै मृत्यु भएको हो । उनको मृत्यु भएपछि अहिले आफन्तहरूले प्रदर्शन गरेका छन् ।
स्थानीय पत्रकार नसीम अन्सारीले टाकुरालाई जानकारी दिए अनुसार अहिले मृतकका आफन्तले प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरेका छन् । अन्दाजी २५/२६ वर्षका मियाँलाई केटी भगाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
यता, घटनाबारे बुझ्न पटकपटक फोन सम्पर्क गर्ने प्रयास गरेपनि उठेन ।














Discussion about this post