तरहरा : इटहरी २० तरहरामा एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् । तरहराको शिखर टोलस्थित ३० वर्षीय दीपक राईले झुण्डिएर आत्महत्या गरेका हुन् । राईले मंगलबार बिहान झुण्डिएर आत्महत्या गरेका हुन् ।
तरहरा प्रहरी चौकीका अनुसार सोलुखुम्बुको सल्यान गाउँपालिका ४ घर भएका उनी यहाँ कोठाभाडामा बस्दै आएका थिए ।
वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार मजदुरी काम गर्दै आएका राई आफ्ना बुवा र सन्तानसँग बस्दै आएका थिए ।
‘श्रीमतीले छोडेका कारण आफ्ना बुवा र नानीहरूसँग बस्दै आएका रहेछन्,’ वडाध्यक्ष श्रेष्ठले टाकुरालाई भने, ‘मजदुरी काम गर्दै आएका उनले के कति कारणले आत्महत्या गरे भन्ने खुलेको छैन ।’
उनले के कारणले आत्महत्या गरे भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ । मृतकको शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।
















Discussion about this post