इटहरी : अनेरास्ववियु सुनसरीको इन्चार्जमा जीबी गजल मनोनित भएका छन् ।
अनेरास्ववियुको केन्द्रीय सचिवालयको बैठकले उनलाई सुनसरी इन्चार्जमा मनोनित गरेको हो ।
प्रदेश १ का १४ वटै जिल्लामा अनेरास्ववियुले इन्चार्ज मनोनित गरेसँगै गजललाई सुनसरी इन्चार्जको जिम्मेवारी दिइएको हो ।
यसअघि जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिसकेका उनी विद्यार्थी राजनीतिमा सक्रिय छन् । हाल उनी अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य समेत छन् ।
इन्चार्जको जिम्मेवारी पाएसँगै गजलले विद्यार्थीहरूको समस्यामा आफू सधैँ उभिने प्रतिबद्वता व्यक्त गरे ।
त्यस्तै, सह–इन्चार्जमा मोनालिषा श्रेष्ठलाई मनोनित गरिएको छ ।












Discussion about this post