झापा : झापाको भद्रपुर नगरपालिका ४ रंगेडाडामा सेफ्टी टेयाङ्कीको गाडीले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकलयात्री भद्रपुर नगरपालिका ६ का ६० वर्षीय महेश सिंह राजवंशी रहेका छन् ।
आज दिउँसो ११ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १६६३ नम्बरको सेफ्टी टेयाङ्कीको गाडीले बिपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका राजवंशीको उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पुर्याउनसाथ मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाडी र चालक भद्रपुर नगरपालिका १० का २१ वर्षीय आमसमणी टुडु वडा प्रहरी कार्यालय भद्रपुरको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post