झापा : झापामा हात्ती धपाउन राखिएको तारमा करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हात्ती धपाउन राखिएको विद्युतीय तारमा परेर एक महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भद्रपुर नगरपालिका १० केन्द्र मोड बस्ने शिव पौरियाकी पत्नी ५४ वर्षकी कल्पना राई पौरिया रहेकी छन् ।
हात्ती धपाउन घरबाहिर विद्युतीय तार लगाइएको र झुक्किएर तारमा छुँदा करेन्ट लागेको थियो । करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।












Discussion about this post