तरहरा : इटहरी २० तरहरामा बाढीमा बगाएको भनिएका युवक अझै भेटिएका छैनन् ।
मंगलबार दिउँसो तरहराको पानीपिया क्षेत्रबाट बाढीले बगाएको भनिएका इटहरी २ का अन्दाजी ३० वर्षीय सन्तोष तिवारी अझै नभेटिएका हुन् ।
प्रत्यक्षदर्शीका अनुसार पानीपियामा उनलाई मोटरसाइकल सहित बगाएको थियो । “हामीले यताबाट घर नजान भनिरहेका थियौ,” ती प्रत्यक्षदर्शीले टाकुरासँग भने, “शान्तिनगरतिरका मानिसले पनि नआउन भनेपनि मोटरसाइकल लैजाँदा आँखै अगाडि बगायो ।”
प्रहरीले मंगलबारदेखि नै खोजी कार्य गरेपनि अहिलेसम्म पत्ता लागेको छैन । परिवारसँग पनि सम्पर्कमा नआएका कारण अहिले स्थानीयबासी, प्रहरी सहितको टोलीले उनको खोजी गरिरहेका छन् ।
यता, बाढीमा बगेका इटहरी २ का यामबहादुर प्रधानलाई मंगलबार राति १० बजे उद्वार गरिएको छ । इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठ, प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, नेपाल प्रहरी, स्थानीयबासीको सहयोगमा प्रधानलाई उद्वार गरिएको हो ।














Discussion about this post