सुनसरी : अविरल बर्षासँगै आएको बाढीका कारणले सुनसरीमा धानबालीमा ठूलो क्षति भएको छ ।
जिल्लाको इनरुवा, इटहरी, धरान, रामधुनी, बराहक्षेत्र, कोसी, भोक्राहा नरसिंह, हरिनगर, देवनागञ्ज, वर्जु, गढी र दुहवीलगायतका क्षेत्रमा लगाएको धानबालीसहित तरकारी बालीमा पनि ठूलो क्षति भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख नुनुलाल उरावले जानकारी दिए ।
उनका अनुसार जिल्लामा करिब २० हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति भएको छ ।
मुख्यरूपमा धानबाली, माछापालन र लहरे तरकारी बालीमा गरी २० करोडभन्दा बढीको क्षति भएको उनले जानकारी दिए ।












Discussion about this post